नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

विदुर खबर २०७८ माघ ६ गते १२:४३

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय नाघेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४६ जनाको पिसिआर र ३१ जनाको एनटीजेन परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १९ महिला र १५ पुरुषमा कोरोना संक्रमण भएको हो ।

Advertisement

संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ककनी र तादी गाउँपालिकामा समान ५÷५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने लिखु गाउँपालिकाका ४ जनामा पनि कोरोना देखिएको छ ।

त्यस्तै बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाका समान एक÷एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय १० पुगेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ ।

नुवाकोटमा हालसम्म २९ हजार ५ सय ८५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया