त्रिशुली अस्पतालका ३० जना स्वास्थ्यकर्मीमा एकैदिन कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ माघ ३ गते २१:४५

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीहरुमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

अस्पतालले सोमवार राती एक विज्ञप्प्ती जारी गर्दै अस्पतालका विशेषज्ञ चिकित्सक सहित ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

एकैदिन अस्पतालका विशेषज्ञ चिकित्सक सहित ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालको स्त्री तथा प्रसुति रोग विभाग अर्काे सुचना जारी नभएसम्म बन्द रहने अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

Advertisement

पाण्डेका अनुसार अस्पतालका स्त्री तथा प्रसुति रोग विभागमा कार्यरत तीनैजना विशेषज्ञ चिकित्सहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा सोमवार ९४ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

संक्रमितमध्ये ३० जना त्रिशुली अस्पतालका स्वास्थ्यकर्मी रहेका छन् भने अन्य ५ जना शिवपुरी गाउँपालिकाका रहेका छन् ।

प्रतिक्रिया