त्रिशुली अस्पतालका ३० जना स्वास्थ्यकर्मीमा एकैदिन कोरोना संक्रमण पुष्टि
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीहरुमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले सोमवार राती एक विज्ञप्प्ती जारी गर्दै अस्पतालका विशेषज्ञ चिकित्सक सहित ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
एकैदिन अस्पतालका विशेषज्ञ चिकित्सक सहित ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालको स्त्री तथा प्रसुति रोग विभाग अर्काे सुचना जारी नभएसम्म बन्द रहने अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार अस्पतालका स्त्री तथा प्रसुति रोग विभागमा कार्यरत तीनैजना विशेषज्ञ चिकित्सहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा सोमवार ९४ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ३० जना त्रिशुली अस्पतालका स्वास्थ्यकर्मी रहेका छन् भने अन्य ५ जना शिवपुरी गाउँपालिकाका रहेका छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया