चन्द्रागिरिमा चक्कु प्रहारबाट रिजालको हत्या

विदुर खबर २०७८ माघ ३ गते १६:४४

नुवाकोट । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् ।

Advertisement

मृत्यु हुनेमा मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका जानकारी दिए ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरेको छ ।  सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु प्रहार गरेकाे प्रहरीकाे अनुमान छ ।

Advertisement

अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । ‘घटनाको कारणबारे अनुसन्धान जारी रहेकाे डीएसपी पाण्डे  बताए ।

प्रतिक्रिया