नुवाकोटमा सक्रिय कोरोना संक्रमित ५९ पुगे

विदुर खबर २०७८ माघ २ गते १६:५५

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका पछिल्लो २४ घण्टामा ६४ जनाको पिसिआर र ४ जनाको एन्टीजेन परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये १६ जना विदुर नगरपालिकाका रहेका छन् भने ५ जना बेलकोटगढी नगरपालिकाका रहेका छन् । यस्तै दुई जना तादी गाउँपालिकाका रहेका छन् ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ५० पुगेको छ । यस्तै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ८ हजार ३ सय ३९ पुगेको कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए ।

विदुर नगरपालिकामा १६ जना थपिए

Advertisement

विदुर नगरपालिकामा आईतवार एकैदिन १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

आज भेटिएका कोरोना संक्रमितमध्ये १० महिला र ६ पुरुष रहेका छन् । यससँगै विदुुर नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये हाल २६ जना नै आइसोलेसन वार्डमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय १५ पुगेको छ ।

प्रतिक्रिया