नुवाकोटको ऐतिहासिक मन्दिर वनदेविमा क्षमापुजा गरियो

विदुर खबर २०७५ भदौ ४ गते १४:०२

Advertisement

नुवाकोट ÷नुवाकोटको ऐतिहासिक मन्दिर वनदेविमा सोमबार क्षमापुजा गरिएको छ । मन्दिरको पुनःनिर्माण सुरु हुनु भन्दा अगाडी स्थानियवासी तथा बनदेवि मन्दिर हाम्रो सम्पदा समितिले ब्रह्मण पुरोहित र नेवारी पुरोहित गुभाजुमार्फत संयुत्त रुपमा क्षमा पुजा गरेको हो ।

मन्दिरको पुनःनिर्माणको गर्न परिसरमा रहेका रुखहरु काट्नु पर्ने,संरचनालाई मर्मत गनुपर्ने भएकोले क्षमा पुजा गरिएको बनदेवि मन्दिर हाम्रो सम्पदा समितिका अध्यक्ष ठाकुर खतिवडाले ताए । करिव एकहजार ७० वर्ष पुरानो मन्दिर संरक्षण तथा पुनः निर्माण गर्न स्थानियबासीले बनदेवि मन्दिर हाम्रो सम्पदा समिति समेत गठन गरि मन्दिर पुननिर्माण अघि बढाएका छन ।

Advertisement


मन्दिर निर्माणको लागि आर्थिक संकलन तिव्र पारिएको छ । मन्दिर निर्माण गर्न करिव साढे चार लाख संकलन भइसकेको आर्थिक उपसमितिका सदस्य सुनिल श्रेष्ठले बताए । परापुर्बकालदेखिनै भैरबि मन्दिरसँगै बनदेबिलाई पुजा गरेर भैरबि रथ बन्धनको रुपमा सुरु गर्ने परम्परा रहेको नुवाकोट दरबार हेरचाह तथा स्मारक संरक्षणका द्ध्वारे महेन्द्रबहादुर शाहिले बताए ।

प्रतिक्रिया