कांग्रेसका युवा नेता मिश्रले मनाए गुरुकुलमा जन्मदिन

विदुर खबर २०७८ पुष २६ गते २१:५०

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका युवा नेता कृष्ण मिश्रले पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासमा रहेको श्री ब्रह्मेश्वर वेद विधाश्रम गुरुकुलमा पुगेर आफ्नो जन्मदिन मनाएका छन् ।

Advertisement

मिश्रले जन्मदिनको अवसर पारेर ब्रह्मेश्वर वेद विधाश्रम गुरुकुलमा सोलार सिस्टम र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको कुण्डला माध्यमिक विद्यालयका जेहेन्दार तथा गरिव विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुको साथै खुशी साटासाट गरेका छन् ।

उनले कुण्डला माध्यमिक विद्यालयको ५९ औ बार्षिक अवसर पारेर विद्यार्थीहरुमा जन्मदिन मनाएको बताएका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका मिश्र समाजसेवासँगै राजनितिमा लागेका छन् ।

Advertisement

पन्चकन्या गाउँपालिकाको विभिन्न संघसंस्थामा आवद्ध मिश्रले बावालिकाहरुसँग खुशी साटासाट गर्न विद्यार्थीहरुमा जन्मदिन मनाएको बताए ।

उनले आफुले गरेको प्रयासले अन्य व्यक्तिलाई पनि पेरणा मिल्न सक्ने भन्दै जन्मदिन विद्यालयमा बनाएको बताए ।

Advertisement

सम्बन्धित समाचार

नेबिसघं अध्यक्ष मिश्रले बाल आश्रममा मनाए जन्मदिन

प्रतिक्रिया