नेबिसघं अध्यक्ष मिश्रले बाल आश्रममा मनाए जन्मदिन

विदुर खबर २०७६ पुष २६ गते १८:१६

विदुर । नेपाल विद्यार्थी संघ नुवाकोटका क्षेत्रिय अध्यक्ष तथा नेपाली कांग्रेस नुवाकोटका महाधिवेसन सदस्य कृष्ण मिश्रले नुवाकोटको विदुरमा रहेको आमाको मायाको छात्रावासमा रहेका अभिभावकहरुविहिन बालबालिकामाझ आफ्ना जन्मदिन मनाएका छन ।

Advertisement

सो अवसरमा मिश्रले छात्रवासमा आवश्यक बालबालिकाका लागि सुचना, समाचार र मञ्नोरञ्जनका लागि एक टेलिभिजन वितरण गरेका छन । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका मिश्र नेविसंघको इकाई र क्षेत्रिय अध्यक्ष हुँदै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । विभिन्न संघसंस्थामा आवद्ध मिश्र पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासमा रहेको नवसंजीवनी माविका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन ।

सानैदेखि समाजमा केही गरौ भन्ने अभिप्रायले गर्दा आमाको माया छात्रवासमा रहेका बालबालिकाको लागि केही सहयोग वितरण गरेको उनले बताए । उनले आफुले गरेको सानो प्रयासले अन्य व्यक्तिलाई पनि अभिप्ररेण मिल्न सक्ने भन्दै आफ्नो जन्मदिनको अवसरमा कविलासदेखि विदुर आएको बताए ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले छात्रवासमा रहेका बालबालिका लागि समन्वय समितिले सहयोगको लागि पहल गरिरहेको बताइन । उनले मिश्रलेजस्तै अन्य व्यक्तिहरुले पनिसानो सहयोग गरे छात्रवासमा रहेका बालबालकाको हेरचारमा समस्या नहुने बताइन । त्यस्तै आमाको माया छात्रवासका संचालक सोमप्रसाद पाण्डेले जिल्लामा स्रोत र साधनको कमि नभएपनि छात्रवासमा रहेका बालबालिकाको दैनिक गुजारामा समस्या परेको बताए । उनले छात्रवासमा रहेका बालबालिकाका लागि केही खाध्यान्न काठमाण्डौबाट सहयोग आएपनि अन्य खर्च आफैले व्यवस्थापन गरिरहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापा,नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्य, नुवाकोट आर्दश बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठ, त्रिशुली अस्पतालका पुर्व अध्यक्ष पारस अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया