सडक आयोजनाका सव इन्जिनियर एक लाख घुस सहित पक्राउ
विदुर खबर
२०७५ भदौ ४ गते १२:४०

प्युठान, प्युठान सडक आयोजना गुल्मीका सव इन्जिनियर प्रकाश झा लाई एक लाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ ।
सव इन्जिनियर झाले सडक आयोजना ठेक्काको रनिङ बिल मूल्याङ्कन गर्न भन्दै सेवा ग्राही सँग पटक पटक घुस माग्दै आएको भन्ने स्थानीयको सूचना बमोजिम अख्तियारले अनुसन्धान गर्दा झाले घुस लिने गरेको प्रमाणित भएको हो । घुस लिएको प्रमाणित भए पछि अख्तियारले झालाई नियन्त्रणमा लिएको हो ।
झालाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार जरिवाना र कैल सजाय हुन मागदाबी सहित सोमबार विशेष अदालत काठमाडौमा आरोप पत्र दायर भएको प्रवक्ता रामेश्वर दंगालले जानकारी गराए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया