कामको बोझ र यौनजीवनः कसरी मिलाउने सन्तुलन ?
अहिलेको जमानामा प्राय श्रीमान र श्रीमती दुवैजना कामकाजी हुन्छन् । यस्तो बेला उनीहरुलाई कामको बोझले यसरी थिचिरहेको हुन्छ कि एक-अर्कालाई पर्याप्त समय दिन नै भ्याउँदैनन् । यसबाट उनीहरुको यौन जीवन समेत प्रभावित हुन पुग्छ ।
कहिलेकाहीँ श्रीमानलाई इच्छा लागिरहेको हुन सक्छ, तर श्रीमती थाकेकी हुन्छिन् । कहिले श्रीमतीलाई इच्छा लागेको हुन सक्छ, तर श्रीमानको मुड अफ हुन सक्छ । यसबाट एक अर्काप्रति यौनजन्य असन्तुष्टी पैदा हुन्छ र दुरी बढ्न थाल्छ । यसको समाधानका लागि श्रीमान र श्रीमतीबीच उच्च स्तरको तालमेल एवं समाधान हुनु आवश्यक छ । कसरी बनाउने त यो तालमेल ?
तानवमुक्त रहनुस
दम्पत्तिहरुको यौन जीवनलाई प्रभावित पार्ने सबैभन्दा ठूलो तत्व हो तनाव । दुईमध्ये एक जना तनावमा छ भने त्यो बेलाको सेक्स मिठो हुन सक्दैन । त्यसैले तनावबाट टाढा रहने कोशिष गर्नुस । यसका साथै तलका साना-साना कुरामा पनि विचार पुर्याउनुस ।
-धेरै दम्पत्तिहरु आफ्नो अफिसको समस्याहरुलाई घरमा बोकेर ल्याउँछन् र त्यसैमा अल्भिmन्छन् । यस्तो गर्नु हुन्न । घरमा प्रवेश गरेपछि अफिसका सबै झन्झट र समस्याहरुलाई बिर्सिदिनुपर्छ ।
-दम्पत्तिले एक-अर्काका समस्यालाई सेयर गर्नुपर्छ । हुन सक्छ तपाइर्ंसँग नभएको समाधान तपाईंको जोडीसँग होस ।
-जतिसुकै थकित अवस्थामा भए पनि एक-अर्कासँग संवादविहिन भएर बस्नु हुँदैन । मिठो गफगाफ गर्दाखेरी थकान आफैं कम भएर जान्छ ।
-यदि तपाईं संयुक्त परिवारमा बस्नुहुन्छ भने परिवारका पाका सदस्यहरुको सल्लाहले पनि समस्या सुल्झाउन मद्दत गर्न सक्छ । चाहे अफिसको होस वा घरको समस्या, उनीहरुका सल्लाह लिने गर्नुस । किनकी उनीहरुसँग वर्षौं लामो अनुभव हुन्छ ।
-यदि आवश्यकता पर्यो भने आफ्ना साथीहरुसँग पनि सल्लाह लिनुस । उनीहरुबाट पनि उपयोगी सल्लाह आउन सक्छ ।
-चाहे जतिसुकै व्यस्त भए तापनि आफ्नो लागि अलिकति समय अवश्य निकाल्नुस । समय मिल्नासाथ पार्टनरसँग लामो यात्रामा निस्किनुस या कुनै एकान्त ठाउँमा मनोरम पल बिताउनुस । यसले तपाईंको सेक्स लाइफ मात्र नभएर वर्क लाइफ पनि राम्रो बनाउँछ ।
-बिहान वा बेलुकी अलिकति समय निकालेर योग, प्राणायाम, मेडिटेसन गर्ने गर्नुस । यसबाट तपाईंको मनमा शान्ति छाउनुका साथै स्फुर्तिको महसुस पनि हुन्छ ।
कामका बोझ व्यवस्थापन
-कार्यबोझको समस्या कामलाई व्यवस्थित तरिकाले नगर्नाको कारणले पनि उत्पन्न हुन्छ । यदि तपाईंले समय व्यवस्थापनमा ध्यान दिनुभयो भने धेरै हदसम्म यो समाधान हुन्छ ।
-समय र कामको व्यवस्थापनका साथसाथै सम्वन्धहरुको व्यवस्थापन पनि अति महत्वपूर्ण हुन्छ । सँधै कामलाई मात्रै महत्व दिँदा तपाईंका बाह्य सम्बन्धहरु बिस्तारै कमजोर र जिर्ण बन्दै जान्छन् ।
-आफ्नो कामको क्रम निर्धारण गर्नुस । सबैभन्दा महत्वपूर्णका कामलाई सबैभन्दा माथि राख्नुस र त्यसलाई पहिले सिध्याउनुस ।
-जति काम तपाईंले सही ढंगले निभाउन सक्नुहुन्छ, त्यतिको मात्रै जिम्मेवारी लिनुस । आफूले थाम्नसक्ने भन्दा बढि बोझ लिँदा मानसिक तनाव उत्पन्न हुन्छ ।
-जसरी दुख बाँड्दाखेरी घट्छ, त्यसैगरी काम पनि आपसमा बाँड्दाखेरी घट्छ । त्यसैले कामलाई बाँड्न सिक्नुस । सबै काम एक्लै गर्छु भन्ने मुर्खता नपाल्नुस ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया