नुवाकोटको झिल्टुङमा क्रसकन्ट्री दौड पतियोगिता हुने
नुवाकोट । छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ ८ गतेदेखि सुरु हुने भएको छ ।

‘जे गरौँ गज्जबले गरौँ’ भन्ने नाराका साथ छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता नुवाकोटमा हुने भएको हो । उक्त आयोजना बेलकोटगढी नगरपालिका– ५ र प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्ने भएको हो । झिल्टुङ क्रसकन्ट्री दौड नुवाकोटको बेलकोटगढी नगरपालिकाअन्तर्गत कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आई समाप्त हुनेछ । दौडको दूरी १३.४ किलोमिटर कच्ची बाटो रहेको छ ।
जसमध्ये ४.५ किलोमिटर उकालो, दुई किलोमिटर समथर र बाँकी बाटो ओरालो रहेको आयोजकले जनाएको छ । त्यस्तै, छात्रछात्रालाई मध्यनजर गर्दै ४.५ किलोमिटरको दौड ‘रन फर फन रेस’का लागि खुला दौड प्रतियोगिता पनि आयोजना गर्ने भएको हो । उक्त दौडमा विशेष आकर्षण स्थानीय आमा समूहको रहनेछ ।
उक्त प्रतियोगिताले क्रसकन्ट्री दौडलाई विकसित गर्ने रहेको दौड संयोजक मोहन नेपालले बताए । विभिन्न रोड रेस, म्याराथन, हाफ म्याराथनजस्ता थपुै दौड ्र भइरहे पनि क्रसकन्ट्री दौड भनेर नेपालमा खासै नभएकाले लामो दूरीको दौडलाई सहयोग पुग्ने उनले बताए । नुवाकोट क्षेत्रको आन्तरिक पर्यटनको विकासलाई पनि पवद्र्धन गर्ने उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया