चार दिनसम्म वर्षा र हिमपातको सम्भावना
नुवाकोट । मंगलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण पुनः हिउँदे वर्षा हुने भएको छ।

अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो। बिहीबारदेखि करिब चार दिन मौसम खराब रहने मौसम विज्ञान विभागले जनाएको छ।
अब आउने मौसमी प्रणालीले शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने भएको विभागको भनाइ छ। बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। उनका अनुसार बिहीबारदेखि देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ। सो क्रममा बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको विशेष प्रभाव रहने उनको भनाइ छ।
प्रदेश १ र २ मा भने अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने उनको भनाइ छ। ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ। वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर भने कम हुनेछ।
यस पटक दोहोरिन थालेको हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन र गराउन सरोकारवाला निकायलाई अनुरोधसमेत गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया