लिखुको चौघडामा राप्रपाका पूर्व अध्यक्ष डा.लोहनी आउँदै

विदुर खबर २०७८ पुष १७ गते २१:०९

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ब अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी नुवाकोट आउने भएका छन् ।

Advertisement

उनी आगामी पौष २१ बुधबार लिखु गाउँपालिका वडा नम्बर ४ को पार्टी कार्यालय उद्घाटन गर्न चौघडा आउन लागको हुन ।

चौघडाको तल्लो बजारमा दिउँसो ११ ः ३० बजे पार्टीको कार्यालय उद्घाटन हुने कार्यक्रम रहेको छ ।

Advertisement

नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ राप्रपाको पकड क्षेत्र रहेकोले राप्रपा मात्र नभई अन्य पार्टीहरुले समेत यो वडालाई चासोका साथ लिने गरेका छन् ।

चारवर्षअघि सम्पन्न भएको स्थानियत तहको निर्वाचनमा चौघडामा राप्रपाका उम्मेद्धवार विजयी भएका थिए ।

Advertisement

नुवाकोटको अन्य क्षेत्रमा राप्रपाका उम्मेद्धवार पराजित भएपनि यो वडामा भने राप्रपाका वडाध्यक्ष भारी मतले विजयी भएका थिए ।

राप्रपा वडा नम्बर ४ का इकाई अध्यक्ष रामचन्द्र अगस्तिका अनुसार कार्यक्रममा केन्द्रिय सदस्यहरू, प्रदेश सदस्यहरू, जिल्ला कार्य समिति पदाधिकारीहरू, क्षेत्रिय कार्य समिति, प्रदेस कार्य समिति, गाउँपालिका साथै वडा इकाई सम्मका सबै तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहने छ ।

प्रतिक्रिया