नुवाकोट युनाइटेडलाई जिल्ला लिगको उपाधि

विदुर खबर २०७८ पुष १७ गते १८:१६

नुवाकोट । नुवाकोट युनाइटेडले नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिमा कब्जा जमाएको छ ।

Advertisement

शनिवार सम्पन्न फाइनल खेलमा न्यु स्टार क्लब त्रिशुलीलाई ३–१ गोल अन्तरले पराजित गरि युनाइटेडले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसस्थित मैदानमा भएको फाइनल भिडन्तमा उपाधि जित्ने क्रममा नुवाकोटले न्यु स्टार क्लबलाई पाखा लगाउँदै उपाधि माथि कब्जा जमाएको हो ।

Advertisement

नुवाकोट युनाइटेडलाई उपाधि दिलाउन साहिल नगरकोटी, सुनिल कुमाल र सन्तोष थापाले गोल गरेका थिए । यस्तै न्यु स्टार क्लबको तर्फबाट ओमप्रकाश तामाङले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटवल क्लबले ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता भएको न्यु स्टार क्लबले २५ हजार रुपैयाँ, कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Advertisement

नुवाकोट फुटवल संघले आयोजना गरेको प्रतियोगितामा १० क्लबले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटवल क्लबले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने नुवाकोट फुटवल संघका महासचिव विष्णु चालिसेले जानकारी दिए ।

प्रतिक्रिया