नुवाकोटको ककनी गाउँपालिकाको परिचय

नुवाकोट ककनी गाउँपालिका एक पहाडी गाउँपालिका हो, जुन समुन्द्र सतह देखि १८२८ मि. को उचाईमा रहेको छ ।

यस गाउँपालिका २७.२५७ उत्तरी अक्षांस र ८५.२४६४ पूर्वि देशान्तरमा अवस्थित छ। यसको पूर्वतर्फ काठमाण्डौ महानगरपालिका र शिवपुरी गाउँपालिका अवस्थित छ। त्यसैगरी पश्चिम तर्फ बेलकोटगडी नगरपालिका पर्दछ भने उत्तर तर्फ लिखु गाउँपालिका पर्दछ र दक्षिणतर्फ धादिङ्ग जिल्लाको धुनिबेशी नगरपालिका पर्दछ ।
ककनी गाउँपालिका राज्यको पुनर्संरचना अन्तर्गत ओखरपौवा साबिक गा.बि.स. का वडाहरु चाउथे, ककनी, मदानपुर, चतुराली र थान्सिङ्ग गा.बि.स. का साबिक वडाहरुलाई एकिकृत गरी ककनी गाउँपालिका नयाँ स्थानिय संरचना निर्माण गरिएको हो । यस गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन। यस गाउँपालिकाको सदरमुकाम साविक ककनी गा.बि. स. रानीपौवामा रहेको छ ।यस गाउँपालिकामा विभिन्न जातजाती र धर्म सम्प्रदायको बसोबास रहेको छ । यहाँ बाहुन , क्षेत्री , गुरुङ, नेवार, दलित, जातिको बसोबास छ। जस मध्य आधी भन्दा बढी तमाङ्ग समुदायको बाहुल्य छ ।
त्यसैगरी यहाँ बस्ने मानिहरुले हिन्दु, मुश्लिम , ईसाइ, बौध्द धर्म मान्ने गर्दछन । आफ्नो धार्मिक आस्था अनुसार सामाजिक सद्भाव राखि बिभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रमहरु मनाउँदै आएका छन ।यस गाउँपालिका नुवाकोट कै सुन्दर पर्यटकिय स्थलको रुपमा चिनिन्छ । स्ट्रबेरी खेतीका लागि प्रख्यात ककनी पछिल्लो चार/पाच वर्षयता ट्राउट माछाले पनि परिचित छ । रक क्लाइम्बिङ वाल र पार्कले पनि नुवाकोट जिल्लामा पर्ने ककनीको आकर्षण थपेका छन् । ककनीबाट गणेश, गौरीशंकर, मनास्लु, चोबा भामरे, हिमचुली, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ ।
लोन्ली प्लानेटले धुलिखेल र नगरकोटभन्दा शान्त गन्तव्यको रूपमा यसलाई व्याख्या गरेको छ ।यहाँ मल्लकालिन पुरातात्विक दरबार ( बसन्ती दरबार ), अबिरल बगिरहने फुङ्ग:फुङ्गे झरना, ककनी हाईटबाट देखिने हिमालका दृश्यहरुले पर्यटकहरुको मन लोभ्याएको छ । त्यसैगरी कृषिमा आत्मनिर्भर हुनको लागि र कृषि पर्यटनको बिकासको निम्ति यहाँ बिशेष गरी रेम्बो ट्राउट माछा, किबि र स्ट्रबेरिको उत्पादन तथा बजारिकरण हुदै आएको छ ।
यस क्षेत्रमा पर्यटनको पूर्वाधार जस्तो; पैदलमार्ग, होमस्टेको रूपमा बिकास गर्न सकेमा यस क्षेत्र वरिपरि रहेको रानीपौवा, जुरेथुम, दोभान र ककनिमा रहेकोे होटेल व्यावसायिहरुको पनि आर्थिक बिकासमा वृद्धि हुन जानेछ र फलस्वरूप समग्रमा ककनि गा.पा. को राजस्वमा वृद्धि नहुने कुरामा दुईमत देखिदैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया