धादिङका दुईजनाको मिनीट्रक दुर्घटनामा मृत्यु

विदुर खबर २०७८ पुष १७ गते ७:४०
सूचक फोटो

नुवाकोट । शुक्रवार बिहान गोरखामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाएको मृत्यु भएको छ ।

Advertisement

आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बा ५ ख ६५६६ नम्बरको सो मिनी ट्रक सडकबाट सय मिटर तल बुढी गण्डकीमा खसेको डिएसपी प्रकाश दाहालले बताए ।

Advertisement

मृत्यु हुनेहरूमा धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ४ टारी गाउँका २३ वर्षीय नीराजन नेपाल र सोही वडाका २० वर्षीय दीपक परियार रहेका छन् ।

प्रतिक्रिया