हिमपातले रसुवागढी नाका अवरुद्ध

विदुर खबर २०७८ पुष १६ गते २०:०६

नुवाकोट । हिमपातको कारण प्रमुख व्यापारिक नाका रसुवागढी बिहीबार रातिदेखि अवरुद्ध भएको छ ।

Advertisement

रसुवागढी केरुङ नाकाबाट माल वस्तु आयात बिहीबार साँझदेखि अवरुद्ध भएको भन्सार कार्यालयलले जनाएको छ।

हिमपातका कारण तत्काल कार्गो कन्टेनर पठाउन कठिन भएको जानकारी चिनियाँ पक्षबाट आएको भन्सार कार्यालयले जनाएको छ ।

Advertisement

दैनिक बिहान ७ र बेलुकी २ कन्टेनर सामान भित्रिरहेको नाका हिमपातका कारण अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र रसुवागढी भन्सार कार्यालयबाट नाका अवरुद्ध भएको जानकारी आएको जैसीले बताए ।

‘हिमपातका कारण मालवाहक वस्तु नेपालतर्फ पठाउन कठिन भएको भन्ने महावाणिज्य दूतावासबाट लेखेर आएको छ, आज घाम लागेको छ बिस्तारै सहज हुन्छ होला’ प्रमुख जिल्ला अधिकारी जैसीले भने । १३ गते रातिदेखिको वर्षाका कारण देशको उच्च पहाडी तथा अधिकांश हिमाली भूभागमा हिमपात भएको थियो ।

Advertisement

नेपाल चीन प्रमुख दुई स्थल व्यापारिक नाका समुन्द्री सतहदेखि २५ सय मिटर भन्दा उच्च स्थानमा छन् । जसका कारण हरेक हिउँदा हिमपातका कारण व्यापारमा अवरोध भइरहन्छ ।

प्रतिक्रिया