रेडपाण्डाको छालासहित नुवाकोटका कृष्ण तामाङ पक्राउ

विदुर खबर २०७८ पुष १६ गते ८:४८

नुवाकोट । दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीरसमेत ४ थान छालासहित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ४ का कृष्णबहादुर तामाङ पक्राउ परेका छन् ।

Advertisement

काठमाण्डौको वसुन्धारास्थित द मयूर क्याफेबाट प्रहरीले उनीसहित अन्य ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ अन्यमा धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएका ३९ वर्षीय निरबहादुर घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका–१३ घर भएका २५ वर्षीय सुरेश गिरी, ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–२ घर भएका २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन ।

Advertisement

वसुन्धारा क्षेत्रमा केही व्यक्तिहरूले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उक्त क्याफेबाट उनीहरूलाई उक्त छाला ३० लाख रुपियाँमा मोलमोलाई गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया