कांग्रेस केन्द्रिय सदस्यमा नुवाकोटका महत र केसी विजयी
विदुर खबर
२०७८ पुष ५ गते १७:३६

नुवाकोट । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नुवाकोटका नेताद्धय डा. रामशरणमहत र अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् ।

आईतवार राती सम्पन्न मतगणनामा केसीले २ हजार ६ सय ५० मत पाएका छन् । भने डा. रामशरण महतले २ हजार ४ सय २४ मत प्राप्त गरेका छन् । उनीहरुले खुलातर्फ ३५ जनाका लागि उम्मेदवारी दिएका थिए ।
केन्द्रीय सदस्यमा निर्वाचित महत र केसी दुबै पुर्र्वमन्त्रि हुन् । दुबैजनाले केन्द्रिय सदस्यमा सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट उम्मेदवारी दिएका थिए ।
नुवाकोट कांग्रेसमा भाँडभैलो मच्चाएका कारण सबै निर्वाचिन क्षेत्रहरू केसी समुहले हार व्यहोरेका कारण केसीलाई यो जितले सान्त्वना दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया