दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेला सुरु
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेला सुरु भएको छ ।

प्रत्येक वर्ष मार्गशिर्ष एकादशीबाट पूर्णिमासम्म लाग्ने यो मेला भर्न देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । यस वर्ष मंसिर लागेदेखी नै दर्शनार्थीको भिड लाग्न थालेको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले बताएका छन् ।
मेलालाई लक्षित गरेर दुप्चेश्वर नव वधु झैँ सिँगारिएको छ । दर्शनार्थीको सहजताका लागि दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा दुप्चेश्वर क्षेत्र विकास कोषले दर्शनार्थीको लाम व्यवस्थापन, सुरक्षा व्यवस्थपन, भेटी व्यवस्थापनका अलावा सवारी साधन पार्किङ व्यवस्थापनको कार्य सुरु गरिसकेको छ ।
सवारीको सहज आवागमनका लागि कोषले प्रहरी र स्वयम् सेवकको व्यवस्था गरेको बताएको छ । त्यसैगरी सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करीब ६० जना सुरक्षाकर्मी मेलामा खटिने भएका छन् । त्यसैगरी स्थानिय २५ जना स्वयम्सेवक युवाहरु दर्शनार्थीको लाम व्यवस्थापनमा खटिएका छन् ।
दुप्चेश्वर, करीब २०० मिटर अग्लो विशाल शिलाको बिचोबिच अर्ध वृत्ताकार भागको केन्द्रमा अवस्थित प्राकृतिक शिवलिंग हो । जनश्रुति अनुसार करीब साढे चार सय वर्ष अघि यसै समयमा पत्ता लागेको दुप्चेश्वरमा त्यसयता धान्यपूर्णिमामा मेला लाग्ने गरेको मन्दिरका पुजारी भगवानहरि धितालले बताए ।
बाटोघाटोको सुगमताका कारण पछिल्लाा वर्षहरुमा दुप्चेश्वरमा बाह्रै मास दर्शनार्थीको भिड लाग्ने गरेको छ । खास गरेर ऋषि पञ्चमी, ठूलो एकादशी, शिवरात्री, बालाचतुर्दशी जस्ता पर्व र मंसिर एवं साउनको सोमबार र शनिवार दुप्चेश्वरमा दर्शनार्थीको निकै भिड लाग्ने गर्दछ ।

मेलालाई लक्षित गरेर दुप्चेश्वर भन्दा तलको गोगनचउर भरिभराउ भएको छ । धार्मिक अनुष्ठानदेखी, स्वास्थ्य सिविर र व्यापारिक स्टलहरुले गोगनचउर ढाकेको छ । त्यसबाहेक मुख्य द्वारदेखी मन्दिरसम्म जाँदा र फर्कँदा दर्शनार्थीले भक्ति संगीत सुन्ने प्रवन्ध समेत मिलाइएको छ । त्यसका लागि मुख्य गेटदेखीनै दुप्चेश्वर परिसरका हरेक कुना कुनामा साउण्ड सिस्टम फिट गरिएको आचार्यले बताए ।
गाउँपालिकासँगको समन्वयमा रामती बजारदेखी मन्दिरसम्म बाटैभरी सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ । उक्त सीसीटीभीको मनिटर गाउँपालिकामा राखिएको छ । दर्शनार्थीको सुरक्षा र सहज ढंगबाट दर्शन गर्ने व्यवस्था आम दुप्चेश्वर बासी र दुप्चेश्वर गाउँपालिकाको दायित्व भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिँह तामाङ बताउँछन् । दर्शनार्थीको सुरक्षाकै लागि सीसीटीभीको व्यवस्था गरिएको उनको भनाई छ ।
त्यसबाहेक मन्दिर परिशरलाई पनि सिसिटिभी क्यामेराको निगरानीमा राखिएको छ । उक्त सीसीटीभीको फुटेज कोषको कार्यालय र दुप्चेश्वर गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा डिस्प्ले हुने व्यवस्था मिलाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया