गेर्खुमा सुख्खा पहिरोमा परि एक बृद्धको मृत्यु

विदुर खबर २०७८ मंसिर २४ गते १९:१४

नुवाकोट । नुवाकोटको गेर्खुमा सुख्खा पहिरोमा परि एक बृद्धको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका ७३ वर्षिय रामप्रसाद प्याकुरेल रहेका छन् ।

उनको खेतको कान्लोमा आठो फोर्नेक्रममा भित्र खोतल्दा माथिबाट पहिरोले थिचेर मृत्यु भएको विदुर नगरपालिका वडा नम्बर ११ का वडासदस्य ईश्वरीप्रसाद चालिसेले जानकारी दिए ।

Advertisement

उनको घटनास्थलमा नै मृत्यु भएको स्थानियले बताएका छन् ।

उनको आज दिउँसो २ बजेतिर मृत्यु भएको बताइएको छ ।

Advertisement

प्रतिक्रिया