रसुवाको नागुङ गाउँमा पहिलोपटक सडक पुग्यो

विदुर खबर २०७८ मंसिर २४ गते १७:५९

रसुवा । रसुवाको सदरमुकाम धुन्चेको नजिकै पर्ने नागुङ गाउँमा सडक पुगेको छ । 

Advertisement

रसुवामा सडक आएको ३६ वर्षपछि सदरमुकाम नजिकैको गाउँमा बल्ल सडक पुगेको हो । गोसाइँकुण्ड गाउँपालिकाले धुन्चेको मिनरल वाटर कम्पनी नजिक (पोङ्ले) देखि ५ किलोमिटर सडक निर्माण गरेको हो । ५० लाख लागतमा सडक निर्माण गरिएको नागुङ कृषि सडक निर्माण उपभोक्ता समिति अध्यक्ष पासाङ शेर्पाले बताए ।

‘पहिलेदेखिनै सडक ल्याउनका लागि कोसिस गरेका थियौँ, ‘उनले भने, यसपटक गाउँपालिका र वडाको सहयोगमा गाउँमा सडक आएको छ ।’ स्थानीय तहको सहयोगमा सडक पुगेसँगै स्थानीय खुशी भएका छन् ।

Advertisement

निर्माण भएको सडकको  गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङ र उपप्रमुख कर ग्याल्मो श्रेष्ठले सडकको उदघाटन गरेका हुन ।

नागुङ कृषि सडक निर्माण उपभोक्ता समिति अध्यक्ष पासाङ शेर्पाले सडक उद्घाटन कार्यक्रममा पालिका प्रमुख, उप प्रमुख, वडाअध्यक्ष, जि.स.स. सदस्य तेम्पा जिएल, वडा सदस्यहरु, नेकपा एमालेका जिल्ला कमिटी सचिब विजय लामाको सहभागी भएका थिए । 

Advertisement

प्रतिक्रिया