फोनिज नुवाकोटको अध्यक्षमा पुन तामाङ
नुवाकोट । नेपाल आदिवासी जनजाती पत्रकार संघ (फोनिज) नुवाकोटको अध्यक्षमा पुन ः शत्तिमाया तामाङ दोहोरिएकी छिन् ।

शुक्रवार सम्पन्न चौथो जिल्ला अधिवेसनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा राकेश डंगोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयन भएका छन ।
सदस्यहरुमा होमबहादुर तामाङ, सञ्जु तामाङ, भावना तामाङ, मनिष नगरकोटी र सर्मिला थापा मगर रहेका छन ।
अधिवेसनले केन्द्रीय प्रतिनिधिमा गमला लामा, नवदीप श्रेष्ठ, अनुजमान श्रेष्ठ र प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरतसन्तोषी लामा र प्रताप तामाङलाई चयन गरेको छ ।
जिल्ला अधिवेसनमा संवोधन गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नुवाकोटका अध्यक्ष भगवान रानामगरले फोनिजलाई साथमा लिएर गतिविधिहरु सञ्चालन गर्दै जाने बताए । उनले आदिवासी जनजातीको उत्थान तथा व्यक्तित्व विकासमा तीनवटै सरकार जिम्मेवार हुनु आवस्यक रहेको बताए ।
यस्तै नेपाल पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष नवदीप श्रेष्ठले आफ्नो भाषा, संस्कार, पहिचानलाई आफू आवद्ध सञ्चार माध्यममा प्राथमिकता दिनलाई फोनिजमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे । उनले जात विशेषको संस्कृति र इतिहासलाई लिखितरुपमा दस्तावेज बनाएर राख्न सकियो भने आगामी पुस्तालाई चिनो स्वरुप हस्तान्तरण गर्न सकिने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया