राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

विदुर खबर २०७८ मंसिर १९ गते ७:२५

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

Advertisement

लिङ्देनले १८ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी कमल थापाले १६ सय १७ मत प्राप्त गरेका छन् ।

यससँगै नेपाली राजनितिमा लिङ्देनको उदय भएको छ । छिन्नभिन्न भएको राप्रपालाई एकताबद्ध बनाएर लैजान उनलाई चुनौती छ ।

Advertisement

लगातार फुटदै र जुट्दै आएको राप्रपालाई एकताबद्ध बनाएर लैजाने लिङ्देन जितपछि बताएका छन् ।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

Advertisement

प्रतिक्रिया