नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत विजयी
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् ।

केहीवेर अघि सम्पन्न मतगणनामा महतले आफुना प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
कूल एकहजार ७ सय ६८ मतदातामध्ये एक हजार ७ सय ४७ मत खसेको थियो । विजयी भएका महत नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता हुन् । उनलाई नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, डा. प्रकाशशरण महत तथा संघिय सांसद बहादुरसिंह लामाको सात पाएका थिए ।
सभापतिका अर्काे उम्मेद्धवार केसीलाई जगदीश्वर नरसिंह केसीको साथ पाएका थिए । यससँगै नुवाकोटमा केसी समुह पत्तासाफ भएको छ । जिल्लाको २ क्षेत्र र ४ वट्टै प्रदेशसभा कब्जा जमाएको महत–लामा समुहले केसी समुहलाई जिल्लामा निल गराएसँगै वर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको बाग्मति प्रदेश सभापति बन्ने लक्ष्य समेत तुहिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया