बच्चालाई कसरी जंकफुडबाट बाहिर निकाल्ने ?

विदुर खबर २०७४ फागुन १० गते ९:२९

अहिलेका बालबालिकाहरु घरमा पाकेको खानेकुराभन्दा जंक फुडमा रमाउँछन् । यस्ता बजारिया वस्तु खाँदा मिठा हुन्छन्, तर स्वास्थ्यका दृष्टिले हानीकारक ।

Advertisement

यदि तपाईंका बच्चाहरु पनि जंक फुडमा बानी परेका छन्, भने उनीहरुलाई यसबाट बाहिर निकाल्न ढिला नगर्नुस । अन्यथा दिर्घकालिन रुपमै उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्छ । यहाँ हामी तपाईंलाई केही सल्लाह दिँदैछौं, जसलाई अनुशरण गर्नुभयो भने आफ्ना बच्चालाई जंक फुडको मोहबाट बाहिर निकाल्न सक्नुहुन्छ ।

-घरमा यस्ता खानेकुराहरु राख्नुस, जुन स्वादिष्ट हुनुका साथै स्वाथ्यलाई पनि लाभदायक होस । जंक फुड सकभर राख्दै नराख्नुस । यदि राख्नुभयो भने बच्चाहरु पहिले त्यसैतर्फ आकषिर्त हुनेछन् ।

Advertisement

-बच्चालाई सबै परिवारसँगै डाइनिङ टेबलमा बसेर खाना खान बानी पार्नुस । बच्चाले जे कुरा खानलाई आनाकानी गर्छन्, त्यो उनीहरुकै अगाडि आफूले खाएर देखाउनुस । त्यसबाट मिल्ने पोषक तत्व र अन्य फाइदाहरुका विषयमा उनीहरुलाई बताउनुस । बिस्तारै विस्तारै स्वास्थ्यवर्द्धक कुराहरु खान दिनुस । ती चिजहरु सुरुमा चाख्न मात्र लगाउनुस । बिस्तारै बिस्तारै उनीहरु यसमा लोभिन थाल्छन् ।

-यदि बच्चाले स्वास्थ्यवर्द्धक कुराहरु जस्तै, सागपात, फलफुल, दूध आदि खान आनाकानी गर्छन् भने अरु उपाय लगाएर भए पनि उनहिरुर्लाइ ती चिजहरु खान दिनुस । जस्तै यदि बच्चाले गाजर र पालुंगोको साग खान रुचाउँदैनन् भने यिनीहरुको सुप हालेको आँटाबाट रोटी पकाएर खुवाउनुस ।

Advertisement

-खाइरहेको बेला बच्चालाई कहिले पनि हप्किदप्की नगर्नुस । त्यसो गर्नुभयो भने बच्चा जति सक्दो छिटो डाइनिङ टेबलबाट उठ्ने ध्याउन्नमा लाग्छ । यसले उनीहरुलाई मनोवैज्ञानिकरुपमै असर गर्न सक्छ ।

-खानेकुराहरु किन्न जाँदा बच्चालाई पनि साथमा लिएर जानुस । यसबाट बच्चाहरुको खानपिनको बानी तपाईंले थाहा पाउन सक्नुहुनेछ भने फुड न्यूटि्रसनको बारेमा पनि तपाईंले उसँग कुरा गर्न सक्नुहुनेछ ।

-भात, दाल, रोटीभन्दा बच्चाहरु पिज्जा, बर्गर, नुडल्स, चिप्स आदि खान रुचाउँछन् । यी कुराहरु बच्चाहरुलाई सकभर खान नदिनुस । यद्यपि एकैपटक उनीहरुलाई यी चिजबाट अलग्याउन सकिँदैन । त्यसैले बिस्तारै क मगर्दै जानुस । उनीहरुले रुचाउने बजारिया खानेकुराहरु यदि घरमै बनाउन सम्भव छ भने त्यो प्रयास गर्नुस । घरमै बर्गर र पिज्जा बनाउनुस र तिनीहरुमा बढिभन्दा बढि हरियो सागपात समावेश गर्नुस । बच्चाका लागि दिनभरीमा कुनै एक चिज जैतुनको तेलमा पकाउनुस ।

-रेडिमेड डि्रंक जतिसुकै हानिकारक भए पनि बच्चाले नखाई छोड्दैनन् । त्यसको साटो उनीहरुलाई घरमै डि्रंक बनाएर खुवाउने गर्नुस । स्कुलबाट आएपछि कागति पानी खान दिनुस । यदि उसले दुध पिउन मानेन भने लस्सी, मिल्क सेक, फ्रेट सेक, बनाएर पिलाउनुस । बच्चालाई बढिभन्दा बढि मात्रामा पानी पिउन लगाउनुस ।

-स्कुलका टिफिन बक्समा हरेक दिन बच्चाहरुलाई केही नयाँ कुरा राखिदिनुस । तर, ती चिजहरु पोषक तत्वबाट भरिपूर्ण हुनुपर्छ । हप्तामा एक-दुई दिन ती चिजहरु पनि टिफिन बक्समा राखिदिनुस जुन बच्चाहरुले घरमा खान रुचाउँदैनन् । स्कुलमा साथीहरुका साथ खाँदा उनीहरुले ती खानेकुरा खानेछन् ।

प्रतिक्रिया