कांग्रेस महाधिवेशन : नुवाकोट क्षेत्र नम्बर १ मा धुव श्रेष्ठ विजयी
विदुर खबर
२०७८ मंसिर ७ गते २०:५७
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नमबर १ को सभापतिमा धुव्र श्रेष्ठ विजयी भएका छन् ।

केहीवेर अघि सम्पन्न भएको मतदान आफ्ना निकटतम प्रतिद्धन्दी विषम रिमाललाई एकसय २४ मतान्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी भएका हुन् ।
श्रेष्ठले ५ सय ११ मत प्राप्त गर्दा विषम रिमालले ३ सय ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सचिवमा शिव गुणी र जगदीश कुइकेलले जित हात पारेका छन् । गुणीले ४ सय ७६ मत प्राप्त गर्दा कुइकेलले ४ सय ४१ मत प्राप्त गरेका हुन ।
सचिवमा पराजित भएका लालबहालुर तामाङले ४ सय २२ मत प्राप्त गर्दा विकेश पण्डितले ३ सय ४५ मत प्राप्त गरे ।
Advertisement
सभापतिमा विजयी भएका श्रेष्ठ र गुणी महत पक्षका हुन् भने कुइकेल केसी पक्षका हुन् ।
यससँगै नुवाकोट क्षेत्र नम्बर १ को कब्जा महत पक्षले गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया