कांग्रेसको महाधिवेशन : नुवाकोट क्षेत्र नम्बर १ मा मतदान जारी
विदुर खबर
२०७८ मंसिर ६ गते १९:४९

नुवाकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नुवाकोटको दुबै क्षेत्रमा अहिले मतदान जारी छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा दिउँसो करिव साढे एक बजेदेखि शुरु भएको मतदान अझै जारी छ । अहिलेसम्म करिव ८ सय २७ जनाले मतदान गरेको निर्वाचन समतिले जानकारी दिएको छ ।
निर्वाचन समितिका अनुसार अझै ९५ जनाले मतदान गर्न बाँकी छ । कुल ९ सय २२ मतदाता रहेको नुवाकोट क्षेत्र नम्बर १ मा सभापतिमा धुव्र श्रेष्ठ र विषम रिमालले उम्मेद्धवारी दिएका छन् ।
श्रेष्ठलाई डा.रामशरण महत, डा. प्रकाशशरण महत तथा संघिय सांसद वहादुरसिंह लामा लागयतको साथ रहेको छ ।
यस्तै रिमाललाई अर्जुननरसिंह केसी तथा जगदीश्वरनरसिंह केसीको साथ रहेको छ ।
Advertisement
दुई क्षेत्र रहेको नुवाकोटको ४ वट्टै प्रदेशले यसअघि नै नयाँ नेतृत्व पाइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया