नेपाली कांग्रेस अधिवेशन : नुवाकोट क्षेत्र नम्बर २ मा मतदान शुरु

विदुर खबर २०७८ मंसिर ६ गते १५:१६

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको अधिवेशन अन्र्तगत नुवाकोट क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा केहीवेर अघिबाट मतदान शुरु भएको हो । मतदान गर्न प्रदेश क र प्रदेश ख गरि छुट्टाछुट्टै व्यवस्था मिलाइएको छ ।

मतदानस्थलमा उम्मेद्धवारहरुले क्षेत्रिय प्रतिनिधिहरुसँग भोट मागीरहेका छन् भने प्रतिनिधिहश्र पनि मतदानको लागि व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

Advertisement

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को सभापतिमा जगत तामाङ र मछिन्द्र नरसिंह प्याकुरेल नेतृत्वको टिमले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया