नुवाकोट कांग्रेसको क्षेत्रिय अधिवेशन आज, सभापतिमा चारजनाको दाबी
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको १४ औ महाधिवेशन अन्र्तगत आज क्षेत्रिय महाधिवेशन हुदैछ ।
दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा क्षेत्रिय सभापतिको लागि चारजनाले दाबी गरेका छन् । क्षेत्र नम्बर १ को सभापतिमा धुव्र श्रेष्ठ र विषम रिमालले उम्मेद्धवारी घोषणा गरेका छन् ।

यस्तै क्षेत्र नम्बर २ को सभापतिमा जगतवहादुर तामाङ र मछिन्द्र नरसिंह प्याकुरेलले उम्मेद्धवारी दिएका छन् ।

जिल्लामा केसी र महत दुई समुहमा विभाजित कांग्रेसका क्षेत्रयि सभापतिका उम्मेद्धवारहरुले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । रिमाल र प्याकुरेललाई अर्जुननरसिंह केसी र जगदीश्वर नरसिंह केसीको साथ छ भने श्रेष्ठ र तामाङलाई कांग्रेसका नेताहहरु डा. रामशरण महत, डा. प्रकाशशरण महत र बहादुरसिंह लामा लगायतको साथ रहेको छ ।

शुक्रवार सम्पन्न प्रदेशसभा क्षेत्रको अधिवेशनमा चारवट्टै क्षेत्रमा महत समुहका सभापतिले जित हासिल गरेका छन् । सभापतिमा विजयी हुनेमा प्रतिनिधिसभा क्षेत्र नमबर १ को प्रदेश क मा शुशिल खड्का र ख मा रामजी पौडेलले जीत हासिल गरेका थिए ।
यस्तै क्षेत्र नम्बर २ को क मा गणेश तामाङ र ख मा बैकुण्ठबहादुर पाण्डेले जित हासिल गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया