कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कार्कीद्धारा उम्मेद्धवारी घोषणा

विदुर खबर २०७८ मंसिर ५ गते २०:४१

नुवाकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत दुई क्षेत्र रहेको नुवाकोटमा सोमवार क्षेत्रिय निर्वाचन हुँदै छ ।

Advertisement

सोमवार हुने निर्वाचनमा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्धवारी घोषणा गर्ने क्रममा जारी छ । यसैक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादु्र कार्कीले केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ उम्मेद्धवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ का सभापतिका उम्मेद्धवार जगत तामाङको प्यानलबाट उम्मेद्धवारी घोषणा गरेका कार्कीलाई कांग्रेसका नेताहरु डा. रामशरण महत, डा. प्रकाशशरण महत, बहादुरसिंह लामा र जिल्ला सभापतिका उम्मेद्धवार रमेश महत लगायतको साथ रहेको छ ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघको २ पटक अध्यक्ष भइसकेका कार्कीले व्यवसायसँगै राजनिति अगाडी बढाइरहेका छन् । उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय भएका छन् ।

प्रतिक्रिया