नुवाकोट क्षेत्र १ को केन्द्रिय महाधिवेशन प्रतिनिधिमा शैलेस श्रेष्ठको दाबी
नुवाकोट । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका युवा नेता शैलेस श्रेष्ठले महाधिवेशन प्रतिनिधिको दाबी गरेका छन् ।
कांग्रेसको तरुण दलका युवा नेता समेत रहेका श्रेष्ठले नुवाकोट क्षेत्र नम्वर १ बाट महाधिवेशन प्रतिनिधि दावी गरेका हुन् ।
देशको सबैभन्दा पुरानो र इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भएपनि पार्टीमा युवाहरूले खासै अवसर नपाएको श्रेष्ठले बताए । उनले पुरानो पुस्ता र पछिल्लो पुस्ताबीच जेनेरेसन ग्याप रहेको भन्दैे यसले गर्दा युवाहरूमा पार्टीप्रति त्यति आकर्षण नबढेको बताए ।
श्रेष्ठले २१ आंशताब्दी सुहाउँदो, प्रविधिमैत्री बुझेका, देश–विदेश घुमेका युवाहरू पार्टीमा सदस्य छन्, समयअनुसार प्रविधिअनुसार चल्न सक्ने चलाउन सक्ने क्षमतावान् युवाहरू छन्, उनीहरू चलायमान छन्, त्यसैले अब युवाहरूलाई पार्टीले अवसर दिनुपर्छ ।
श्रेष्ठले युवाहरूलाई नेतृत्वमा समेट्दा पार्टी जीवन्त हुने समेत बताए । पुरानो पुस्ताको अनुभव, कामको सिकाइहरू युवापुस्तामा सेयर गरी अघिल्लो पुस्ताहरूले नीति बनाउने स्थानमा, साथै कार्यकारी स्तरमा युवाहरूलाई लगिनुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया