माओवादी केन्द्र विदुर १ को अध्यक्षमा लिडर श्रेष्ठ

विदुर खबर २०७८ मंसिर ४ गते २१:१३

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विदुर १ को अध्यक्षमा लिडर श्रेष्ठ चयन भएका छन् ।

Advertisement

शनिवार भएको दोस्रो वडा सम्मेलनले श्रेष्ठको अध्यक्षतामा निर्विरोध रुपमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा बलराम थपलिया,सचिवमा नारायण पाण्डे, सह–सचिवमा विजय शाह र कोषाध्यक्षमा एलिना बोगटी निर्वाचित भएका छन् ।

Advertisement

यस्तै कमिटिको सदस्यहरुमा गोमा थपलिया, रामप्रसाद थपलिया, केशव राज पन्त, अर्जुन बोगटी, महेन्द्रमान मलेकु रहेका छन् । यस्तै अन्य सदस्यहरुमा राधिका लामिछाने, कमलवहादुर खनाल, रमेश बोगटी, गोपाल श्रेष्ठ र अर्जुन श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया