नुवाकोट क्षेत्र नम्बर १ को दुबै प्रदेश महत पक्षको कब्जामा,विरासत गुमाउँदै केसी पक्ष
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर १ को दुबै प्रदेशसभा क्षेत्रमा महत पक्षले कब्जा जमाएको छ ।

शनिवार विहान सम्पन्न मतगणनामा क्षेत्र नम्बर १ को प्रदेश क र ख मानै महत पक्षका सभापतिका उम्मेद्धवार विजयी भएसँगै दुबै पक्ष महत समुहले कब्जा जमाएको हो ।
शनिवार विहान सम्पन्न भएको मतगणनामा क्षेत्र नम्बर १ (क) मा महत निकटका युवा व्यवसायी सुशिल खड्का र (ख) मा रामजी पौडेदे सभापतिमा भारी मतान्तरले विजयी भएका छन् ।
प्रदेश ख मा महतको पुरै प्यानलले जित हात पार्दा क मा पनि केसी समुका एकजना मात्रै कार्यसमितिमा अटाएका छन् । यसले नुवाकोटमा केसी समुहले आफनो विरासत गुमाउँदै गएको जिल्लाका नेताहरु बताउँछन् ।

अर्जुननरसिंहको गाउँमै समेत महत पक्षले बाजी मारेपछि केसी समुह जिल्लामा समेत रिङ आउठ हुने नेताहरु बताउँछन् । केन्द्रमा पौडेल समूहका नेताको रुपमा चिनिएका महत र केसी जिल्लामा भने अलग अलग समुह बनाएर हिँडिरहेका छन् ।
अहिलेसम्म नुवाकोट कांग्रेसमा केसी परिवार एकातर्फ र अर्कोतर्फ रामशरण महत, प्रकाशशरण महत, बहादुरसिंह लामा रहेको चुनावी समिकरणले बताएको छ ।
नुवाकोटमा विगतदेखि नै कांग्रेसमा केसी परिवार र महत परिवारबीच प्रतिस्पर्धा हुँदै आएकोमा यो अधिवेशनमा पनि त्यस्तै देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया