नुवाकोट क्षेत्र नं १ प्रदेश ‘ख’ मा रामजी पौडेलको प्यानलै विजयी

विदुर खबर २०७८ मंसिर ४ गते ८:३५

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ को सभापतिमा रामजी पौडेल भारी मतान्तरले विजयी भएका छन् ।

Advertisement

शनिवार विहान सम्पन्न भएको मतगणनामा निकटतम प्रतिद्धन्दी ऋषि कुमार तामाङलाई एकसय ७ मतले पराजित गर्दै पौडेल सभापतिमा निर्वाचित भएका हुन ।

सभापतिमा विजयी भएका पौडेलले २ सय ७७ मत प्राप्त गर्दा तामाङले एकसय ७० मत प्राप्त गरेका छन ।

Advertisement

यस्तै उपसभापतिमा पौडेल प्यानलकै दिपक लामा र रबिन्द्र तामाङ विजयी भएका छन् । त्यस्तै सचिबमा पौडेल समुहकै नित्यराज ढुंगाना र सुर्यबहादुर तामाङ तथा सह–सचिब पदमा पौडेल समूहकै सुन्दर श्रेष्ठ र सचिन्द्रकुमार लामिछानेले जित हापसल गरेका छन् ।

प्रतिक्रिया