नुवाकोट क्षेत्र नम्बर २ को (क) मा गणेश तामाङको अग्रता कायमै
विदुर खबर
२०७८ मंसिर ४ गते ७:१८

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को मतगणनामा महत लामा प्यानलका सभापतिका उम्मेदवार गणेश तामाङले अग्रता कायम गरेका छन् ।

मतगणनाको शुरुदेखिनै अग्रता कायम गरेका तामाङले एकसय ५० मत गणना भैसक्दा ४१ मतले लिड गरेका छन् । तामाङले ९२ मत प्राप्त गर्दा सभापतिका अर्काे उम्मेद्धवार आतमसिंह तामाङले ५१ मत प्राप्त गरेका छन् ।
यस्तै अन्य पदाधिकारीमा समेत गणेश तामाङ नेतृत्वको समुहले अग्रता गरिरहेको हाम्रा संम्बाददाता शालिकराम चालिसेले जानकारी दिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया