टंक केसीद्धारा प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा

विदुर खबर २०७८ कार्तिक ३० गते २०:३९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ का पुर्व इकाई सभापति टंक केसीले नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (क) मा उम्मेदवारी दिएका छन् ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ६ मा करिव १७ वर्ष नेपाली कांग्रेसको इकाई सभापति चलाएका केसीले अक्कलबहादुर ढुङ्गाना श्यामको टिमबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

२०४६ मा नेपाली काग्रेसको क्रियाशिल सदस्यता लिएका केसी नेपाली कांग्रेस नुवाकोटको नगरसमितिको सदस्य, क्षेत्रिय समितिको सदस्य दुई पटकसम्म भएका छन् ।

Advertisement

विदुर नगरपालिकाको वडाध्यक्ष समेत बनेका केसी लामो समय समाजसेवासँगै राजनितिमा लागेका व्यत्ति हुन् ।

प्रतिक्रिया