नुवाकोटमा कांग्रेस एकजुट बनाउन मेरो उम्मेदवारी : विषम रिमाल
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रिय सभापतिका उम्मेदवार विषम रिमालले नुवाकोटमा कांग्रेसलाई एकजुट बनाउन आफुले क्षेत्र नम्बर १ को सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।

आईतवार नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ख का सभापति ऋषि कुमार तामाङ नेतृत्वको प्यानल घोषणा कार्यक्रममा बोल्दै उनले नुवाकोटमा कांग्रेस एकजुट बनाउन आफुले क्षेत्रयि सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।
रिमालले नुवाकोटका कांग्रेस नेताहरु डा. रामशरणहत, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसी, बहादुरसिंह लामालाई एकजुट बनाई नुवाकोटका सबै तहको निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउन आफुले क्षेत्रिय सभापतिमा उम्मेदवारी दिएको बताए ।

उनले आफुले कसैको विरुद्धमा सभापतिमा उम्मेद्धवारी नदिएको र पार्टीलाई एकताबद्ध बनाउने मात्र आफ्नो प्रमुख एजेन्डा रहेको बताए । रिमालले सम्पुर्ण नेता तथा कार्यकर्ताको आग्रहमा आफु चुनावमा होमिएको बताए । उनले आफु सभापतिमा निर्वाचित भएमा सिङ्गो पार्टी पङतीलाई एक बनाएर लैजाने बताए ।

नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ साविक रालुकालेवि ७ घर भएका रिमालले अमर ज्योती मावि खरानीटारबाट नेविसंघको इकाइ सभापति हुँदै नेपाली कांग्रेसको राजिनितिमा होमिएका थिए ।
उनी २०३८ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको उप—सभापति भएका थिए । यस्तै २०४७ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य भएका रिमाल त्यसपछि सचिव र जिल्ला उपसभापति समेत भएका थिए ।

साविक रालुकादेवि गाविसको गाविस अध्यक्षमा समेत २ पटक निर्वाचित भएका रिमाल पुर्व शिक्षक समेत हुन । क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा उम्मेदवारी दिएका रिमाललाई नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, नेपाली कांग्रेस ककनी गाउँपालिकाका अध्यक्ष भाग्यश्री लामा लगायतले सर्मथन गरेका छन् ।
नुवाकोट क्षेत्र नम्बर १ अन्र्तगत विषम रिमाल नेतृत्वको प्यानलबाट प्रदेश (क) मा सरोज केसीले सभापतिमा उम्मेदवारी दिएका छन् भने प्रदेश (ख) को सभापतिमा ऋषिकुमार तामाङले उम्मेद्धवारी घोषणा गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया