वैकुण्ठजंग पाण्डे नेतृत्वको प्यानल घोषणा

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेश क को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका बैकुण्ठजंग पाण्डेको प्यानल घोषणा गरिएको छ ।

बिहिबार पाण्डे नेतृत्वको समुहले नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेश क का मख्य उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।
सभापतिमा उम्मेदवारी दिएका बैकुण्ठजंग पाण्डे समुहको उप–सभापतिमा श्रीराम पाण्डे, विष्णुप्रसाद रिमाल रहेका छन् भने सचिवमा अच्युत रिजाल र देवेन्द्र गजुरेल रहेका छन् ।
यस्तै सहसचिवमा सन्तोषी लामा र महेश्वर अमात्य रहेका छन् । उनीहरुले टिम घोषणासँगै चुनावी अभियान तिव्र पारी नेता तथा कार्यकर्ता भेट्ने कामलाई तिव्रता दिएका छन् ।
कांग्रेसका पुराना नेता बैकुण्ठजंग पाण्डे यसअघि नै काग्रसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका व्यक्ति हुन । कार्यकर्ता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका पाण्डेलाई जोसिला युवाहरुको साथ रहेको छ ।
वि.स. २०४२ सालदेखि नेपाली कांग्रेसको राजनितिमा लागेका पाण्डेसँग १५ वर्ष साविक बेलकोटगढी गाविसको सभापति भएर काम गरेको समेत अनुभव रहेको छ ।
क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएपछि पाण्डे नेतृत्वको समुहले सहयोगका लागि पार्टी कार्यकर्तामा अपिल समेत गरेका छन ।
पाण्डे नेतृत्वको समुहहरुलाई नेपाली कांग्रेस नुवाकोटका हेवीवेट नेताहरु वरिष्ठ नेताहरू डा रामशरण महत, डा प्रकशशरण महत, बहादुरसिंह लामा र रमेश महत लगायतको साथ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया