एमाले नुवाकोटको महाधिवेशन : १६ पदमा ७९ जनाको उम्मेदवारी

विदुर खबर २०७८ कार्तिक २५ गते २१:०६

नुवाकोट । आसन्न १० औं राष्ट्रिय महाधिवेसनका कारण नुवाकोटमा नेकपा एमालेको महाधिवेसन सरगर्मी वढेको छ ।

Advertisement

महाधिवेसनका लागि आवस्यक भन्दा धेरैले विहीवार उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेसनका लागि नुवाकोटवाट १६ जना प्रतिनिधि आवस्यक रहेकोमा त्यसको पचवर वढि अर्थात् ७९ जनाले उम्मेदवारी दिएका छन् ।

विदुरस्थित पार्टी कार्यालयमा रहेको महाधिवेसन प्रतिनिधि निर्वाचन समितिका अनुसार शुक्रवार उम्मेदवारी फिर्ता गर्न चाहनेले फिर्ता गर्दछन् भने शनिवार महाधिवेसन प्रतिनिधिका लागि निर्वाचन तय गरिएको छ ।

Advertisement

१२ स्थानीय तह रहेको नुवाकोटमा दुई वटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश क्षेत्र रहेको छ । म्हिला, दलित तथा खुल्ला गरेर नुवाकोटको दुई वटा निर्वाचन क्षेत्रमार्फत १६ जनामात्रै प्रतिनिधि आवस्यक रहेकोमा क्षेत्र नं. १ र २ मा गरि ७९ जनाले उम्मेदवारी दिएका छन् ।

६ जनामात्र महिला आवस्यक रहेकोमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एक जना दलितका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

Advertisement

नुवाकोटमा नेकपा एमालेका संगठित सदस्यहरुका आधारमा महाधिवेसन प्रतिनिधि चयन गरिने भएको हो ।  नुवाकोटमा आठहजार नौसय ३६ जना संगठित सदस्य रहेका छन् ।

महाधिवेसमा जान प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकाहरुलाई संगठित सदस्यहरुले मतदान गर्नेछन् ।

प्रतिक्रिया