एमाले नुवाकोटको महाधिवेशन : १६ पदमा ७९ जनाको उम्मेदवारी
नुवाकोट । आसन्न १० औं राष्ट्रिय महाधिवेसनका कारण नुवाकोटमा नेकपा एमालेको महाधिवेसन सरगर्मी वढेको छ ।

महाधिवेसनका लागि आवस्यक भन्दा धेरैले विहीवार उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेसनका लागि नुवाकोटवाट १६ जना प्रतिनिधि आवस्यक रहेकोमा त्यसको पचवर वढि अर्थात् ७९ जनाले उम्मेदवारी दिएका छन् ।
विदुरस्थित पार्टी कार्यालयमा रहेको महाधिवेसन प्रतिनिधि निर्वाचन समितिका अनुसार शुक्रवार उम्मेदवारी फिर्ता गर्न चाहनेले फिर्ता गर्दछन् भने शनिवार महाधिवेसन प्रतिनिधिका लागि निर्वाचन तय गरिएको छ ।
१२ स्थानीय तह रहेको नुवाकोटमा दुई वटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश क्षेत्र रहेको छ । म्हिला, दलित तथा खुल्ला गरेर नुवाकोटको दुई वटा निर्वाचन क्षेत्रमार्फत १६ जनामात्रै प्रतिनिधि आवस्यक रहेकोमा क्षेत्र नं. १ र २ मा गरि ७९ जनाले उम्मेदवारी दिएका छन् ।
६ जनामात्र महिला आवस्यक रहेकोमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एक जना दलितका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
नुवाकोटमा नेकपा एमालेका संगठित सदस्यहरुका आधारमा महाधिवेसन प्रतिनिधि चयन गरिने भएको हो । नुवाकोटमा आठहजार नौसय ३६ जना संगठित सदस्य रहेका छन् ।
महाधिवेसमा जान प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकाहरुलाई संगठित सदस्यहरुले मतदान गर्नेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया