बट्टारको रातोभालेबाट ६ जुवाडे पक्राउ
विदुर खबर
२०७८ कार्तिक २४ गते ८:४६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा जुवाको खालबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

बट्टारको रातो भाले नाम गरेको होटलबाट उनीहरुलाई मंगलवार राती साढे ७ बजेतिर ५८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीले गोप्य सुचनाको आधारमा होटल संचालक राम शाहसहित अन्य ५ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा विदुर नगरपालिका वडा नम्बर १२ का हरिशरण रिमाल, भिम बहादुर तामाङ, विदुर १ का राजकुमार उप्रेती, विदुर ४ का पवनमान श्रेष्ठ र दिनेश श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया