नुवाकोटमा चिसो बढ्यो

विदुर खबर २०७८ कार्तिक २३ गते ९:३६

नुवाकोट । नुवाकोटसहित देशभर चिसो बढेको छ ।

Advertisement

एक सातामै उपत्यकाको न्युनतम तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ। तापक्रम कम भएसँगै चिसासँगै वायु प्रदूषणको दरसमेत बढेको छ। न्युनतम तापक्रममा कमी आएसँगै वायुको गुणस्तर कम भएको वातावरण विभागको तथ्यांकमा उल्लेख छ। 

सोमबार २४ घण्टाको न्युनतम तापक्रम विराटनगरमा १५.२, सिमरा १५.५, काठमाडौंमा ९.२, धनगढी १५, महेन्द्रनगर १३ र जुम्लामा माइनस १ डिग्री सेल्सियस रहेको थियो। 

Advertisement

त्यसैगरी काठमाडौंको अधिकतम् तापक्रम २३.८ डिग्री सेल्सियस रहेको थियो। यसरी तापक्रममा कमी आएसँगै त्यस क्षेत्रको वायुको गुणस्तर स्वास्थ्यका हिसावले हानिकारक बनेको विभागको भनाइ छ।

वातावरण विभागको तथ्यांकअनुसार महेन्द्रनगर क्षेत्रको पार्टिकुलेट म्याटर २.५ माइक्रोनभन्दा सानो वायुको गुणस्तर १३८ माइक्रोग्राम प्रतिमिटर क्युव रहेको छ। यो स्वास्थ्यका हिसावले हानिकारक मानिन्छ। विभागले १०० देखि १५० माइक्रोग्राम प्रतिमिटर क्युवसम्मलाई अस्वस्थकर वायु मापन गरेको छ। यस्तो धुलोले मुटु, फोक्सोसम्बन्धी विरामी, बृद्धबृद्धा र वालवालिकालाई बढी हानि पुर्याउने चिकित्सकहरुको भनाइ छ।

Advertisement

विश्व स्वास्थ्य संगठनले पार्टिकुलेट म्याटर (पीपीएम) २.५ माइक्रोनभन्दा सानो वायुको गुणस्तर २५ माइक्रोग्राम प्रतिमिटर क्युवसम्म मात्र स्वास्थ्यका लागि उपयुक्त हुने भन्दै मापदण्ड तोकेको छ भने सरकारले भने ४० माइक्रोग्राम प्रतिमिटर क्युवसम्मलाई राष्ट्रिय मापदण्ड तय गरेको छ। 

सोमबार विहानसम्म सिमरामा १७६, विराटनगरमा १६६, पोखरामा १६०, किर्तीपुर ८६ र भक्तपुरमा ६६ माइक्रोग्राम प्रतिमिटर क्युवसम्म मापन भएको छ। यसरी एकसातामै चिसो बढेपछि वायु प्रदूषण बढेपछि विहान–वेलुकी धेरै हिँडडुल नगर्न र मास्क अनिवार्य प्रयोग गर्न वातावरण विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया