विदुर १३ को अजिङ्गरे माविमा चोरी भएको
विदुर खबर
२०७८ कार्तिक २२ गते २१:२७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ मा रहेको अजिङ्गरे माविमा चोरी भएको छ ।

तिहारको समयमा विद्यालय बन्द भएको समयमा विद्यालयको ढोका फोरेर चोरी भएको विद्यालयले जानकारी दिएको छ ।
तिहारमा सार्वजनिक विदाको समयमा बन्द रहेको विद्यालयको पाँचवटा स्टिलको दराज तोेडफोड गरी १ थान ल्यापटप, सिसि क्यामेराको स्टोेरेज डिभाईस र १ थान मोनिटर चोरी भएको विद्यालयका प्रध्यानाअध्यापक मुकुन्द नेपालले जानकारी दिए ।
सोमवार विद्यालय ब्यवस्थापन समितीको बैठक बसेर दोषीलाई तत्काल कारवाहीको माग गर्दै प्रहरी र प्रशासनमा उजुरी दिइएको छ ।

विद्यालयमा भएको चोरीले सार्वजनिक सम्पत्तिमाथिको सुरक्षा थप चुनौतीपुर्ण भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया