कांग्रेसको क्षेत्रीय सभापतिमा वैकुण्ठजंग पाण्डेको उम्मेदवारी
विदुर खबर
२०७८ कार्तिक २१ गते १२:२७

नुवाकोट । नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा बेलकोटगढी ११ का बैकुण्ठजंग पाण्डेले पनि उम्मेदवारी दिएका छन ।

मंसिर ३ गते हुने निर्वाचनमा पाण्डेले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन ।
कांग्रेसका पुराना नेता पाण्डे यसअघि नै काग्रसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका व्यक्ति हुन । कार्यकर्ता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका पाण्डेसँग बेलकोटगढी १३ का श्याम ढुंगानाले प्रतिस्पर्धा गर्दैछन ।
पाण्डे पूर्ण राजनीतिमा छन भने ढुंगाना व्यवसायी हुन । नुवाकोटको क्षेत्र नं. २ प्रदेश (क) को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएपछि पाण्डेले सहयोगका लागि पार्टी कार्यकर्तामा अपिल समेत गरेका छन ।

पाण्डेले कांग्रेस नेताहरू डा रामशरण महत, डा प्रकशशरण महत, बहादुरसिंह लमा र अर्जुननरसिंह केसीको साथ पाएका छन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया