नेतृ अमात्यले बालअश्रममा गएर सामुहिक भाइटिका लगाइन्
नुवाकोट । नेपाली कांग्रेसकी महिला नेतृ तथा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्यले विदुरमा रहेको आमाको माया छात्रवास पुगेर अनाथ बालकहरुसँग सामुहिक भाइटिका लगाएकी छिन् ।

शनिवार भाइटिकाको अवसर पारेर अमात्यले विदुर नगरपालिका वडा नम्बर २ मा रहेको आमाको माया छात्रवासमा पुगेर आश्रममा रहेका बालकहरुसँग सामुहकि भाइटिका लगाएकी हुन् ।
छात्रवासमा रहेका बालकहरुलाई तिहार निरश नबनोस भनेर सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको महिला नेतृ अमात्यले जानकारी दिइन् ।

उनले चाडपर्वको समयमा आफन्तको कमी महसुस नहोस भनेर आश्रममा नै पुगेर सामुहिक भाइटिका लगाएको विदुर खबरलाई जानकारी दिइन ।
अमात्यले परिवारविहिन भएका बालकहरुलाई पारिवाकि मायाको साथै धर्म र संस्कृतिको विषयमा जानकारी दिन समेत सामुहिक भाइटिका कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।
अमात्यको अभियानलाई साथ दिन उनका परिवार समेत आश्रममा आयोजना गरिएको सामुहिक भाइटिकामा सहभागी भएका थिए ।

उनले यसअघि कोरोना भाइरसको महामारीको समयमा जिल्लाको विभिन्न स्थानमा गएर खाद्यान्न सहयोग गर्नुको साथै विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री वितरण गरेकी थिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया