धुनीबेँसीमा मिनिट्रक दुर्घटनामा दुईको मृत्यु, ७ घाइते
विदुर खबर
२०७८ कार्तिक १७ गते १४:१६

नुवाकोट । धुनीबेँसी नगरपालिका वडा नम्बर १ मा मंगलबार राती मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा धुनिवेशी नगरपालिका वडा नम्बर १ निवासी ५२ वर्षीया साइँली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका क्रममा काठमाडौंको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेहरुमध्ये २ जनाको काठमाडौंंस्थित ट्रमा सेन्टरमा र ५ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर पल्टिएर दुर्घटना भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया