जाजरकोटमा ट्र्याक्टर दुर्घटना: ३ जनाको मृत्यु, १ जना घाइते
नुवाकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

प्रहरीका अनुसार नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा दुर्घटना भएको छ। मंगलबार राति २ बजे दुर्घटनामा परेको ट्र्याक्टरमा ४ जना सवार थिए।
दुर्घटनामा परी नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारि दिए।
दुर्घटनामा नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइते परियारको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया