जाजरकोटमा ट्र्याक्टर दुर्घटना: ३ जनाको मृत्यु, १ जना घाइते
नुवाकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

प्रहरीका अनुसार नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा दुर्घटना भएको छ। मंगलबार राति २ बजे दुर्घटनामा परेको ट्र्याक्टरमा ४ जना सवार थिए।
दुर्घटनामा परी नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारि दिए।
दुर्घटनामा नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइते परियारको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो
गोसाइँकुण्ड मेला आउने तीर्थयात्रीका लागि खाना शुल्क निर्धारण
तरुण दल नुवाकोटको अध्यक्षमा दिलबहादुर तामाङ
त्रिशुली ढल विस्तारका लागि ७ दिनभित्र अस्थायी संरचना हटाउन विदुर–४ को ताकेता





प्रतिक्रिया