विश्वभर कोभिडबाट ५० लाख भन्दा बढीको मृत्यु

विदुर खबर २०७८ कार्तिक १६ गते १७:३४

नुवाकोट । कोभिड- १९ महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

Advertisement

चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ ।

चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो ।विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ ।

Advertisement

गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजार भन्दा कम भएको छ ।

यद्यपी युरोपमा दुई महिनायता पहिलो पटक कोभिड–१९ का सङ्क्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

Advertisement

रुसमा हाल सङ्क्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुदै आएको छ ।

रुसमा कोरोना सङ्क्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया