नुवाकोटमा सक्रिय कोरोना संक्रमित १ सय ३ पुगे

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमित बढेर एकसय ३ पुगेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित कोरोनामुक्त भएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमित घटेर एकसय ३ पुगेका हुन् ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा रहेका कुल एकसय ३ सक्रिय कोरोना संक्रमितमध्ये ८६ जना होम आइसोलेसनमा, १० जना अस्पतालमा र ७ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

हाल जिल्लामा ८ हजार एक सय ६८ जना कोरोनामुत्त भएको कार्यालयको भनाइ रहेको छ । यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय २२ पुगेको कार्यालयका सुचना अधिकारी खनालले विदुर खबरलाई बताए ।
यस्तै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नुवाकोटमा हालसम्म २८ हजार ३ सय २० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया