नुवाकोटको गंगटेबाट ९ जुवाडे पक्राउ
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका वडा नम्बर ५ गंगटेबाट बिहिबार साँझ साढे ५ बजे जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले गंगटेबाट जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विदुर नगरपालिका वडा नम्बर ५ का दिनेश चित्रकार, विदुर नगरपालिका वडा नम्बर १ का विष्णु बिक, लिखु गाउँपालिका वडा नम्बर ३ का राजु पन्त, विदुर नगरपालिका वडा नम्बर ६ का मछिन्द्र परियार र भारतको मोतोहारी जिल्ला घर भई हाल विदुर ४ वस्ने ईश्वर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै पक्राउ पर्ने अन्यमा दार्चुला सैलेसिगर नगरपालिका वडा नम्बर ६ घर भई हाल विदुर ४ बस्ने पदमसिंह धामी, सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का भैरव अधिकारी, बेलकोटगढी नगरपालिका वडा नम्बर १० का सन्तोष त्रिपाठी र विदुर ४ बट्टार वस्ने केशवप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी हरिवहादुर वलीले जानकारी दिए ।
उनीहरुको साथबाट ३ लाख ५२ हजार रुपैयाँको साथै १ सय ६० पत्ति तास समेत बरामद गरिएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया