प्रतिनिधि सभाको बैठक आज बस्दै
विदुर खबर
२०७८ कार्तिक ११ गते ८:१९

नुवाकोट । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख छ ।
यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका कारण ११ गतेलाई सारिएको थियो ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ । सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया